काठमाडौं । तेस्रो संस्करणको टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट अन्तर्गत पारस खड्काको कप्तानीमा रहेको विराटनगर वारिवर्स र पोखरा राइनोजबीचको खेल सुपर ओभरमा गएको छ ।
किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा मंगलबार केली कोएट्जरको कप्तानीमा रहेको पोखराले दिएको ८५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको विराटनगरले १९ ओभर ३ बलमा अलआउट हुँदै ८४ रन जोडेपछि खेल सुपर ओभरमा गएको हो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर ८४ रन बनाएको थियो । विदेशी ब्याट्सम्यान चल्न नसक्दा विराटनगरविरुद्ध पोखराले उच्च स्कोर बनाउन सकेन् ।