काठमाडौं । तेस्रो संस्करणको टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा पोखरा राइनोजलेले विराटनगर वारिवर्सलाई जितका लागि ८५ रनको सामान्य लक्ष्य दिएको छ ।
किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पोखराले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर मात्र ८४ रन बनाउन सक्यो । विदेशी ब्याट्सम्यान चल्न नसक्दा विराटनगरविरुद्ध पोखराले उच्च स्कोर बनाउन सकेनन् ।
खराब सुरुवात गरेको पोखराले मात्र १९ रन जोड्दा महत्वपूर्ण ४ विकेट गुमाएको थियो । सुरुवाती दुई खेलमा अर्धशतकीय इनिङस खेलेका रिचर्ड लेभी मात्र ३ रनमा आउट भए । यस्तै कप्तान कप्तान केली कोएट्जर ४ रनमा आउट भए ।
पोखराका लागि पाउल कलीनले सर्वाधिक २० रन जोडे । यस्तै राजेश पुलामी मगरले १७ रन जोडे । विराटनगरका पाउल भान मिकेरिनले ३ तथा भान डेर मेर्वीले २ विकेट लिए ।

आज पोखराविरुद्ध मैदान उत्रदा साविकको विजेता समेत रहेको विराटनगर लगातार दोस्रो जितको खोजीमा रहेको छ । र, दोस्रो चरणको सम्भावना कायम राख्न चाहन्छ । विराटनगरले लो खेलमा ललितपुर प्याट्रीयट्सलाई पराजित गरेको थियो ।
यता, पोखरा भने गर या मरको स्थितिमा रहेको छ । अघिल्ला दुई खेल गुमाइसकेको पोखरालाई अघिल्लो चरणको यात्रा तय गर्न जित्नै पर्ने बाध्यता रहेको छ । विराटनगरविरुद्ध पराजित भएमा पोखराको गणितीय सम्भावना मात्र रहन्छ । पोखरा पहिलो खेलमा भैरहवा र दोस्रो खेलमा ललितपुरसंग पराजित भएको थियो ।