काठमाडौं । तेस्रो संस्करणको टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट अन्तर्गत अहिले पहिलो खेलमा साविकको विजेता विराटनगर वारिवर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्दैछन् ।
किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा केली कोएट्जरको पोखराविरुद्ध पारस खड्काको कप्तानीमा रहेको विराटनगरले टस जितेको छ । र, पहिले फिल्डिङ रोजेको छ । विराटनगरले पोखरालाई पहिले ब्याटिङको निम्तो दिएको छ ।
पोखराविरुद्ध मैदान उत्रदा साविकको विजेता समेत रहेको विराटनगर लगातार दोस्रो जितको खोजीमा हुनेछ । र, दोस्रो चरणको सम्भावना कायम राख्न चाहन्छ । विराटनगरले लो खेलमा ललितपुर प्याट्रीयट्सलाई पराजित गरेको थियो ।
यता, पोखरा भने गर या मरको स्थितिमा रहेको छ । अघिल्ला दुई खेल गुमाइसकेको पोखरालाई अघिल्लो चरणको यात्रा तय गर्न जित्नै पर्ने बाध्यता रहेको छ । विराटनगरविरुद्ध पराजित भएमा पोखराको गणितीय सम्भावना मात्र रहन्छ । पोखरा पहिलो खेलमा भैरहवा र दोस्रो खेलमा ललितपुरसंग पराजित भएको थियो ।