एजेन्सी । ईङ्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले वाटफोर्डसंग बराबरी खेल्दै अंक बाँडेको छ । सोमबार राति भएको खेलमा एभर्टनले वाटफोर्डसंग २–२ गोलको बराबरी खेलेको हो ।
लुकास डिन्सले खेलको अन्तिम मिनेटमा फ्रिकिकमा गोल गर्दै एभर्टनलाई अंक दिलाउन सफल रहे ।
घरेलु मैदानमा एभर्टनले रिचारलिसनको गोलबाट १५ औ मिनेटमा अग्रता बनाएको थियो । कोलेमनले ६३ औ मिनेटमा आत्घाति गोल गरेपछि वाटफार्ड खेलमा फर्कियो ।
डाउकोरेले त्यसको २ मिनेटपछि गोल गर्दै वाटफोर्डलाई जित नजिक पु¥याएका थिए । तर अन्तिम दोस्रो हाफको ईन्जुरी समयमा लुकास फ्रिकिकमार्फत सुन्दर गोल गर्न सफल रहे ।
बराबरीपछि एभर्टनले २४ अंक जोड्दै तालिकाको सातौ स्थानमा उक्लियो । वाटफार्ड समेत २१ अंक सहित १२ औ स्थानमा उक्लियो । लिभरपुलले ४२ अंक सहित प्रिमियर लिगको शीर्ष स्थान कब्जा गरेर बसेको छ । दोस्रो स्थानमा रहेको म्यान्चेष्टर सिटीको ४१ अंक छ ।