काठमाडौं । ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुर प्याट्रियट्सले टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ ।
टियु क्रिकेट मैदानमा भारतीय ब्याट्सम्यान गौरव तमोर र जय किशन कोल्शावाला चम्किएपछि ललितपुरले सोमबार पोखरा राइनोजलाई ८ विकेटले हराउँदै दोस्रो जित निकालेको हो ।
पोखराको भने यो लगातार दोस्रो हार हो ।
तस्वीरमा हेर्नुहोस् ललितपुरको जित :















