काठमाडौं । काठमाडौंमा जारी तेस्रो संस्करणको टिभिएस प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट खेल्न युएईका कप्तान रोहन मुस्तफा मंगलबार नेपाल आईपुग्ने भएका छन् ।
रोहन ईपीएल क्रिकेटमा काठमाडौं किङस इलाभेनबाट खेल्नेछन् । काठमाडौंका कप्तान सोमपाल कामीले रोहन मंगलबार आइपुग्ने र दोस्रो खेलबाट टिममा सामेल हुने जानकारी गराए । काठमाडौंले अब ललितपुरसंग खेल्नेछ ।
ईपीएलमा काठमाडौंले विजयी सुरुवात गरिसकेको छ । सोमबार भएको खेलमा काठमाडौंले चितवनलाई ६ विकेटले पराजित गरेको हो ।
यस सिजन ईपीएलमा काठमाडौंले मुस्तफासंगै आयरल्याण्डका केभिन ओ ब्रुएनलाई अनुबन्ध गरेको छ ।