काठमाडौं । पोखरा राइनोजका ब्याट्सम्यान रिचर्ड लेभीले तेस्रो संस्करणको टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा लगातार दोस्रो खेलमा अर्धशतक पुरा गरेका छन् ।
टियु क्रिकेट मैदानमा अहिले जारी ललितपुर प्याट्रियट्सविरुद्ध अर्धशतक पुरा गर्दै लेभीले लगातार दोस्रो खेलमा अर्धशतक पुरा गरेका हुन् ।
ललितपुरविरुद्ध टस जितेर पहिले ब्याटिङ गरिरहेको पोखराका लागि दक्षिण अफ्रिकन ब्याट्सम्यान लेभीले ८४ रन बनाएर आउट भए । आक्रामक ब्याटिङ गरेका ओपनर लेभीले ३९ बलमा ३ चौका र ९ छक्का प्रहार गरे ।
लेभीले केली कोएट्जरसंग पहिलो विकेटका लागि ९७ रनको साझेदारी गरेका थिए ।
लेभीले पहिलो खेलमा भैरहवा ग्लाडीयटर्सविरुद्ध ७९ रन जोडेका थिए ।