काठमाडौं । तेस्रो संस्करणको टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा अहिले पोखरा राइनोज र ललितपुर प्याट्रियट्सबीच प्रतिस्पर्धा भईरहेको छ ।
टियु क्रिकेट मैदानमा पोखराले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ ।
पहिलो खेलमा भैरहवा ग्लाडीयटर्ससंग पराजित पोखरा पहिलो जितको खोजीमा हुनेछ । काइल जेम्स कोट्जरको टिम पोखरा ज्ञानेन्द्र मल्लको ललितपुरलाई स्तब्ध बनाउने लक्ष्यमा हुनेछन् ।
यता,ललितपुर भने लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ । पहिलो खेलमा विराटनगरसंग पराजित ललितपुरले दोस्रो खेलमा चितवनलाई हराएको थियो ।
तर, ब्याटिङ लाइन मजबुद रहेको पोखराविरुद्ध ललितपुरलाई लेग स्पिनर सन्दीप लामिछानेको अभाव रहनेछ । अघिल्ल दुई खेलमा उत्कृष्ट खेलेका सन्दीप बिग बास लिग खेल्न अष्ट्रेलिया गएका छन् ।