काठमाडौं । तेस्रो संस्करणको टिभिएस एभरेष्ट प्रिमियर लिग क्रिकेट (ईपीएल)मा अहिले चितवन टाइगर्स र काठमाडौं किङ्गबीच प्रतिस्पर्धा सुरु भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा काठमाडौले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ ।
पृथु बास्कोटाको चितवन र सोमपाल कामीको काठमाडौं टिमको लक्ष्य पहिलो जित निकाल्नु रहेको छ ।
पहिलोखेलमा ललितपुरसंगको हारले चितवनलाई दोस्रो चरणमा पुग्न आजको खेल महत्वपूर्ण छ । यता, काठमाडौं चितवनलाई हराएर प्रतियोगिताको सुखद सुरुवात गर्ने लक्ष्यमा छ ।