काठमाडौं । तेस्रो संस्करणको टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत आज (सोमबार) दुई खेलहरु संचालन हुँदैछ ।
टियु क्रिकेट मैदानमा सोमबार चितवन टाइगर्स र काठमाडौं किङस तथा पोखरा राइनोज र ललितपुर प्याट्रियट्सबीच प्रतिस्पर्धा हुनेछ ।
सोमबार हुने पहिलो खेलमा पृथु बास्कोटाको चितवन र सोमपाल कामीको काठमाडौंबीचको खेल बिहान ९ बजे सुरु हुनेछ । र, प्रतिस्पर्धाका लागि मैदान उत्रदा दुवैको लक्ष्य पहिलो जित हुनेछ ।
पहिलो खेलमा ललितपुरसंगको हारले चितवनलाई दोस्रो चरणमा पुग्न काठमाडौंविरुद्धको खेल महत्वपूर्ण रहेको छ । यता, काठमाडौं चितवनलाई हराएर सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ ।
यस्तै दोस्रो खेलमा पोखरा र ललितपुर अपरान्ह १ बजे प्रतिस्पर्धाका लागि मैदान उत्रने छन् ।
पहिलो खेलमा भैरहवा ग्लाडीयटर्ससंग पराजित पोखरा इ पहिलो जितको खोजीमा हुनेछ । काइल जेम्स कोट्जरको टिम पोखरा ज्ञानेन्द्र मल्लको ललितपुरलाई स्तब्ध बनाउने लक्ष्यमा हुनेछन् ।
यता,ललितपुर भने लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ । पहिलो खेलमा विराटनगरसंग पराजित ललितपुरले दोस्रो खेलमा चितवनलाई हराएको थियो ।
तर, ब्याटिङ लाइन मजबुद रहेको पोखराविरुद्ध ललितपुरलाई लेग स्पिनर सन्दीप लामिछानेको अभाव रहनेछ । अघिल्ल दुई खेलमा उत्कृष्ट खेलेका सन्दीप बिग बास लिग खेल्न अष्ट्रेलिया गएका छन् ।