काठमाडौं । तेस्रो संस्करणको टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा अहिले ललितपुर प्याट्रीयट्स र चितवन टाइगर्सले प्रतिस्पर्धा गरिरहेका छन् ।
टियु क्रिकेट मैदानमा ललितपुरले चितवनलाई जितका लागि १४४ रनको मध्यम लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले पुरै २० ओभर खेल्दै ५ विकेट गुमाएर १४३ रन बनाउन सक्यो । ललितपुरका लागि सोनु तामाङले अविजित ३५ रनको योगदान दिए । यस्तै सन्दीप जोरा ८ बलमा २५ रन जोडेर अविजित रहे ।
यस्तै गौरव तामोरले ३० रन जोड्दा जयकिशन कोल्शावालाले २० रन जोडे । कप्तान ज्ञानेन्द्र मल्ल ३ रनमा आउट हुँदा सन्नी पटेलले १९ रन जोडे । चितवनका जर्ज स्कटले २ विकेट लिए ।
चितवनविरुद्ध आज ललितपुर पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा ललितपुर विराटनगरसंग ३ विकेटले पराजित भएको थियो । चितवन भने पहिलो खेलमा जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ ।