काठमाडौं । तेस्रो संस्करणको टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत अहिले ललितपुर प्याट्रीयट्स र चितवन टाइगर्सबीच प्रतिस्पर्धा भईरहेको छ ।
टियु क्रिकेट मैदानमा ललितपुरले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । ललितपुरका जयकिशन कोल्शावाला र कुशल भुर्तेलले ओपनिङ ब्याटिङ गरिरहेका छन् ।
चितवनविरुद्ध मैदान उत्रदा ललितपुर पहिलो जितको खोजीमा छ । पहिलो खेलमा ललितपुर विराटनगरसंग ३ विकेटले पराजित भएको थियो । चितवन भने पहिलो खेलमा जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ ।
लिग अन्तर्गत नै आज भैरहवा ग्लाडीयटर्स र पोखरा राइनोजले पनि प्रतिस्पर्धा गर्नेछन् ।