काठमाडौं । टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटका लागि ललितपुर प्याट्रीयट्सले तीन विदेशी खेलाडी अनुबन्ध गरेको छ ।
आगामी मंसिर दोस्रो साताबाट आयोजना हुने ईपीएलका लागि ललितपुरले तीन भारतीय खेलाडी अनुबन्ध गरेको हो । ललितपुरले बिहिबार प्रेस विज्ञप्ति निकाल्दै तीन खेलाडी अनुबन्ध गरेको जनाएको छ ।
ललितपुरले यस संस्करणको लागि जय किशन कोल्शावाला, सन्नी पटेल र गौरब तोमारलाई अनुबन्ध गरेको हो । ज्ञानेन्द्र मल्ल मार्की प्लेयर रहेको ललितपुरले जय किशन र सन्नीको अनुबन्ध थप गरेको हो । दुवैले गत सिजन ललितपुरबाटै खेलेका थिए । गौरब भने पहिलोपटक ललितपुरबाट खेल्न लागेका हुन् ।
ईपीएल आगामी मंसिर २२ देखि पुस ६ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताका लागि आयोजकले प्रत्येक टिमले ३ विदेशी खेलाडी अनुबन्ध गर्नुपर्ने नियम बनाएको छ । जस अनुसार ललितपुरलाई अनुबन्ध गरेको हो । अनुबन्धको रकम भने खुलाईएको छैन् ।
जय किशनले २ टी-ट्वान्टी र ४ लिष्ट ए क्रिकेट खेलिसकेका छन् । सन्नीले ७ लिष्ट ए क्रिकेट खेल्दा गौरबले १ टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलेका छन् ।
भारतबाट तीन खेलाडी अनुबन्ध गरेपछि ललितपुरले टिम सन्तुलित भएको जनाएको छ ।