काठमाडौं। भारत २३ वर्षपछि एएफसी एसियन कपमा फर्किएको छ।
शनिबार सम्पन्न छनोट चरणको अन्तिम खेलमा थाइल्यान्डलाई २–१ पराजित गर्दै भारतले १०औंपल्ट एसियन कपमा स्थान बनाएको हो।
भारतले २०२२ मा एसियन कप आयोजना गरेको थियो। आयोजकको नाताले भारतले प्रतियोगितामा स्वत: आफ्नो स्थान सुरक्षित गरेको थियो। तर, कोरोना महामारीका कारण टोली भने मैदान उतारेको थिएन।
भारतले अन्तिमपल्ट सन् २००३ मा थाइल्यान्डमै आयोजित एसियन कप खेलेको थियो। तर, समूह चरणबाटै बाहिरिएको थियो। छनोटमा भारत अपराजित रह्यो।