काठमाडौं। नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डेले एएफसी एसियन कप छनोट २०२६ अस्ट्रेलिया अन्तरका तीनवटै खेलमा नियमित गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बालाई बेञ्चमा राखेका छन्।
नेपालले अन्तिम खेलमा उज्बेकिस्तानविरुद्ध ९ :१५ बजे खेल्ने छ। उनले सुरुआती ११ मा एक मात्रै परिवर्तन गरेका छन्।
श्रीलंकाविरुद्धको खेलमा रहेकी मिडफिल्डर प्रीति राईलाई आराम दिएका छन्। उनको स्थानमा पूजा रानाले सुरुआती ११ मा स्थान बनाएकी छन्।
तर, अञ्जिलालाई भने कुनै मौका दिएनन्। उनको स्थानमा अञ्जना रानामगरले गोल पोस्टको जिम्मेवारी पाएकी छन्। अघिल्ला दुई खेलमा पनि अञ्जनाले नै गोल पोस्ट सम्हालेकी थिइन्। यस्तै, प्याट्रिकले अञ्जिलाको कप्तानी जिम्मेवारी पनि खोस्दै सावित्रा भण्डारी साम्बालाई सुम्पिएका थिए।