काठमाडौं। नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डेले एएफसी एसियन कप छनोट २०२६ अस्ट्रेलियाअन्तर्गत समूह चरणको अन्तिम खेलमा उज्बेकिस्तानविरुद्ध एक परिवर्तन गरेका छन्।
खेल ९ :१५ बजे सुरु हुनेछ। उनले श्रीलंकाविरुद्धको खेलमा रहेकी मिडफिल्डर प्रीति राईलाई आराम दिएका छन्। उनको स्थानमा पूजा रानाले सुरुआती ११ मा स्थान बनाएकी छन्।