काठमाडौं । टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटको उद्घाटन खेलमा साविक विजेता विराटनगर वारिवर्स र ललितपुर प्याट्रीयट्सले प्रतिस्पर्धा गर्ने भएका छन् ।
आयोजक एभरेष्ट प्रिमियर लिगले सोमबार निकालेको खेल तालिका अनुसार पहिलो खेलमा विराटनगर र ललितपुर भिड्ने भएका हुन् ।
पहिलो दिन उद्घाटन खेल हुनेछ । दोस्रो दिनबाट एकै दिन दुई खेल हुने आयोजकले जनाएको छ ।
ईपीएलको दोस्रो दिन ललितपुर र चितवन टाइगर्स तथा भैरहवा ग्लाडीयटर्स र पोखरा राइनोजले खेल्नेछन् ।

प्रतियोगिता मंसिर २२ देखि पुस ६ गतेसम्म सञ्चालन हुनेछ ।
राउन्ड रोविन लिगका आधारमा संचालन हुने प्रतियोगितामा ६ शहरका ६ टिमको सहभागिता रहनेछ ।
यस संस्करणमा अघिल्लो संस्करणकै टिमहरु काठमाडौं किंग्स इलाभेन, ललितपुर प्याट्रीयट्स, विराटनगर वारिवर्स, भैरहवा ग्लाडीयटर्स, चितवन टाइगर्स र पोखरा राइनोजको सहभागिता रहने छ ।
गत संस्करणको उपाधि विराटनगरले जितेको थियो ।