काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका बलर सन्दीप लामिछाने युएईमा आयोजना हुने टी-१० क्रिकेट लिग खेल्न आज त्यसतर्फ प्रस्थान गर्दैछन् ।
यहिँ नोम्भेम्बर २१ देखि डिसेम्बर २ सम्म संचालन हुने टी-१० लिगका लागि लेग स्पिनर सन्दीप त्यसतर्फ जाने भएका हुन् ।
सन्दीप इतिहाद एयरलाइन्सबाट बिहान ९:१० मा त्यसतर्फ प्रस्थान गर्ने कार्यकम रहेको छ ।
विश्व क्रिकेटकै छोटो संस्करण टी–१० लिगमा सन्दीप केरला किङसबाट खेल्नेछन् । सन्दीपको टिम गत वर्षको विजेता समेत हो ।
सन्दीपलाई केरला किङसले ३० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको थियो ।
सन्दीपले इयान मोर्गनको कप्तानीमा खेल्नेछन् । जहा क्रिस गेल, उपुल थारंगा, केरोन पोलार्ड जस्ता खेलाडीहरुको सतह रहेको छ ।
इन्डियन प्रिमियर लिग दिल्ली डेयरडेभिल्समा ‘रिटेन’ भएका सन्दीपले यसअघि युएईमै अफगानिस्तान प्रिमियर लिग क्रिकेट खेलेका थिए ।