• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
डीपीएल क्रिकेट माघ तेस्रो साताबाट
खेलपाटी संवाददाता
शुक्रबार, कात्तिक ३०, २०७५ खेलपाटी संवाददाता
डीपीएल क्रिकेट माघ तेस्रो साताबाट

काठमाडौं । तेस्रो संकरणको धनगढी प्रिमियर लिग (डीपीएल) टी-ट्वान्टी क्रिकेट माघको तेस्रो साताबाट सुरु हुने भएको छ । आयोजक धनगढी क्रिकेट एकेडमीले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता माघ १९ देखी फागुन ४ गतेसम्म आयोजना हुने जनाएको छ ।

प्रतियोगिताका सम्पुर्ण खेल धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितामा ६ फ्रेन्चाईज टोलीले सहभागिता जनाउने छन् । सहभागि टिममा चौराहा धनगढी, सीवाईसी अत्तरीया, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाईटेड, काठमाडौं गोल्डेन र बिराटनगर किंग्स रहेका छन् ।

सहभागी ६ टोलीमा १५—१५ खेलाडी हुनेछन् । जुन अक्सनबाट छनोट गरिनेछ । त्यसमा दुई विदेशी र धनगढीमा हुने ट्यालेन्ट हन्टबाट आएका सुदूरपश्चिमका एक खेलाडी प्रत्येक टिममा अनिवार्य समावेश गर्नुपर्ने प्रावधान रहेको छ ।

प्रतियोगितामा कुल १९ खेल हुनेछ । लिग चरणमा प्रत्येक टिमले अन्य टिमसंग एक–एक खेल खेल्ने छन् । शीर्ष चार टोली प्ले–अफमा पुग्नेछन् । त्यसमा पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्नेछ । त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमसंगको विजेतासंग फाइनल प्रवेशको लागि खेल्नेछ ।

प्रतियोगिताको मुख्य प्रायोजक विजय डिस्टिलरीको रुस्लान क्रिकेटले गर्ने भएको छ । विजयको तर्फबाट चीफ फाइनान्स अफिसर  शतिस कर्ण र धनगढ़ी क्रिकेट एकेडमीका अध्यक्ष सुबास शाहीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौतासंगै मुख्य प्रयोजक विजय डिस्टिलरीले आयोजकलाई १ करोड १० लाख रुपैयाँ उपलब्ध गराउनेछ । जसमा ८० प्रतिशत नगद पाउने अध्यक्ष शाहीले जानकारी गराए । सम्झौतासंगै प्रतियोगिताको नाम रुस्लान डिपीएल-३ भएको छ ।

विजय डिस्टिलरीका चीफ फाइनान्स अफिसर कर्णले नेपाली खेलकुद जगतमा पहिलोपटक सर्वाधिक ठुलो रकमको प्रायोजन गरेको जानकारी गराए । कार्यक्रमको दौरान प्रतियोगिताको लोगो र जर्सी समेत सार्वजनिक गरिएको थियो ।

यस संकरणको उपाधि विजेताले पाउने रकम भने खुलाईएको छैन । आयोजकले उक्त रकम पछि खुलाईने बताएको छ  । गत सिजनको विजेताले २५ लाख पाएको थियो । गत सिजन फाइनलमा काठमाडौंलाई हराएर धनगढी च्याम्पियन भएको थियो ।

प्रतियोगिताको दौरान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामामा सहभागी १ पूर्व खेलाडीलाई ‘धनगढी क्रिकेट सम्मान’ तथा नेपाली क्रिकेटमा महत्वपूर्ण योगदान १ व्यक्तिलाई ‘अर्जुन खड्का स्मृति सम्मान’ स्वरुप १—१ लाख रुपैयाँ प्रदान गरिने छन् ।

प्रतियोगितामा दर्शकहरुका लागि टिकटदर लिग चरणमा ५०, प्ले—अफमा  ७० र फाइनलमा १०० रुपैया राखिएको छ । टिकट बिक्रीको २० प्रतिशत रकम फाप्ला अन्तर्राष्ट्रिय निर्माण अभियान (ड्रिम फाप्ला) लाई छुट्याइनेछ ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
क्यानको केन्द्रीय सम्झौतामा सन्दीप नबस्ने
क्यानको केन्द्रीय सम्झौतामा सन्दीप नबस्ने
बेलायतमै छन् मुख्य प्रशिक्षक स्टुअर्ट, रोहित दिँदैछन् परीक्षा !
बेलायतमै छन् मुख्य प्रशिक्षक स्टुअर्ट, रोहित दिँदैछन् परीक्षा !
पुबुदु फेरि अमेरिकाको प्रशिक्षक
पुबुदु फेरि अमेरिकाको प्रशिक्षक
नेपाल र हङकङबीचको खेलमा वर्षा बाधक
नेपाल र हङकङबीचको खेलमा वर्षा बाधक
आगामी शनिबारबाट आइपिएल
आगामी शनिबारबाट आइपिएल
जित्नैपर्ने दबाबमा नेपाल
जित्नैपर्ने दबाबमा नेपाल
umbro nepal
  • ताजा समाचार
  • खेल आज
ब्वाइज युनियनले टार्‍यो रेलिगेसन खतरा
ब्वाइज युनियनले टार्‍यो रेलिगेसन खतरा
क्यानको केन्द्रीय सम्झौतामा सन्दीप नबस्ने
क्यानको केन्द्रीय सम्झौतामा सन्दीप नबस्ने
बेलायतमै छन् मुख्य प्रशिक्षक स्टुअर्ट, रोहित दिँदैछन् परीक्षा !
बेलायतमै छन् मुख्य प्रशिक्षक स्टुअर्ट, रोहित दिँदैछन् परीक्षा !
रोनाल्डोका छोराले गरे अन्तर्राष्ट्रिय डेब्यु
रोनाल्डोका छोराले गरे अन्तर्राष्ट्रिय डेब्यु
मेसीले आफ्नो सबैभन्दा मनपर्ने गोलको भिडियो अक्सनमा राख्ने
मेसीले आफ्नो सबैभन्दा मनपर्ने गोलको भिडियो अक्सनमा राख्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP