धनगढी । सरस्वती माबि गेटा र लिटिल बुद्ध एकेडेमी कञ्चनपुरले धनगढीमा जारी तेस्रो निष्ट कलेज लिटिल फ्लावर प्रिमियर लिग क्रिकेटमा जित हासिल गरेका छन् ।
देशकै सर्वाधिक धनराशीको विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता अन्तर्गत बिहिबार सरस्वतीले भक्तपुर निस्टलाई ६ विकेटले पराजित गर्यो ।
भक्तपुरले दिएको १०७ रनको समान्य लक्ष्य सरस्वतीले १६ ओभर १ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो । सरस्वतीको जितमा कप्तान आयुब चन्दले अविजित ४१, अरुण महराले २४, हृदय बिठारिले १८ तथा आशिष पनेरुले अविजित १० रनको योगदान दिए।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भक्तपुले १९ ओभर ३ बलमा अलआउट हुँदै १०६ रन बनाएको थियो ।
बिहिबार भएको अर्को खेलमा लिटिल बुद्ध एकेडेमी कञ्चनपुरले एबिसी आवासीय नेपालगन्जलाई ९६ रनको फराकिलो अन्तरले पराजित गर्यो । लिटिल बुद्धका कप्तान तथा नेपाली अन्डर–१९ टोलिका सदस्य सन्दिप जोराले ब्याटिङतर्फ उत्कृष्ट प्रदर्शन गरेपछी लिटिल बुद्धले एबिसीलाई फराकिलो अन्तरले पराजित गरेको हो।
लिटिल बुद्धले दिएको २०२ रनको विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको एबिसी १४ ओभर ४ बलमा अलआउट हुँदै १०५ रनमा समेटियो। एबिसी स्कुललाई सस्तैमा समेट्ने क्रममा लिटिल बुद्धका हेमन्त कार्किले ४ विकेट लिए।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको लिटिल बुद्धले पुरै २० ओभर खेल्दै ३ विकेट गुमाएर २०१ रनको विशाल योगफल तयार पारेको थियो । उसका लागि कप्तान सन्दिप जोरा र सुशील खड्काले अर्धशतकीय इनिङस खेले ।
लिटल बुद्धका लागि कप्तान सन्दीप जोराले अविजित रहदै ८३ रन जोड्दा सुशील खड्काले ५४ रनको योगदान दिए । यस्तै कमल सिह ऐरिले अविजित ३२ रन बनाए ।