एजेन्सी । भारतीय ब्याट्सम्यान विराट कोहलीले एक दिवसीय विश्व वरियतामा आफ्नो दबदबालाई कायमै राखेका छन् । अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीले सार्वजनीक गरेको एक दिवसीय वरियतामा कोहली शीर्ष स्थानमा यथावत छन् ।
ब्याटिङतर्फको वरियतामा भारतका रोहित शर्मा दोस्रो स्थानमा छन् । त्यस्तै पाकिस्तानविरुद्वको अन्तराष्ट्रिय सिरिजमा उत्कृष्ट प्रर्दशन गरेका रोस टेलर तेस्रो वरियतामा उक्लिएका छन् । टेलरले प्राप्त गरेको वरियता अहिलेसम्मकै उत्कृष्ट हो । त्यस्तै पाकिस्तानका बाबर अजाम वरियताको शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।
यता, एक दिवसीय अलराउण्डरको वरियतामा अफगानिस्तानका रासिद खान शीर्ष स्थानमा रहदाँ मोहमद नाबी दोस्रो स्थानमा छन् । बंगलादेशका सकिब अल हसन तेस्रो, पाकिस्तानका मोहमद हाजिफ चौथो र न्युजिल्याण्डका मिचेल सेन्टनरका पाँचौ स्थानमा छन् ।
त्यस्तै एकदिवसीय बलिङतर्फ भारतका जसप्रित बुम्राहा शीर्ष स्थानमा रहदाँ अफगानिस्तानका रसिद खान दोस्रो स्थानमा छन् । भारतका कुलदीप यादव तेस्रो, साउथ अफ्रिकाका कागिसो राबाडा चौथो र भारतका युजेन्द्र चाहल पाँचौ स्थानमा छन् ।