काठमाडौं । पाँचौ संस्करणको सेन्चुरी बैंक कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगिता मंसिर दोस्रो साताबाट आयोजना हुने भएको छ ।
आयोजक एसएस इभेन्टस् प्रालिले सोमबार पत्रकार सम्मेलन गर्दै पाँचौ संस्करणको प्रतियोगिता मंसिर १० गतेबाट हुने जानकारी गराएको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान हुने प्रतियोगिता मंसिर १५ गतेसम्म संचालन हुनेछ ।
प्रतियोगितामा २४ कर्पोरेट टिमको सहभागीता रहने छ । सहभागी टोलीलाई ८ समूहमा बिभाजन गरिएको छ । प्रत्येक समूहको शीर्ष २ टोलीले प्रि–क्वार्टरफाइनलमा स्थान बनाउने छन् । खेल ५ ओभरको हुनेछ ।
सेन्चुरी बैंकको मुख्य प्रायोजनमा हुने प्रतियोगिताको विजेताले ट्रफी गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । यस्तै विजेताले अर्को वर्ष निःशुल्क प्रवेश पाउनेछ । गत सिजन सिभिल बैंकले उपाधि जितेको थियो ।
उपविजेताले ट्रफी गिफ्ट ह्याम्पर पाउनेछन् । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर, बेष्ट फिल्डर, बेष्ट विकेट किपर, सर्वाधिक छक्का प्रहर गर्ने, फेयर प्ले टिमले पनि ट्रफी गिफ्ट ह्याम्पर पाउनेछन् ।