एजेन्सी । पाकिस्तान र न्युजिल्यान्डबीचको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज बराबरी भएको छ ।
आइतबार राति भएको तेस्रो तथा अन्तिम एकदिवसीय नतिजाबिहिन बनेपछि सिरिज १ - १ को बराबरीमा सकिएको हो ।
दुबईमा पाकिस्तानले दिएको २८० रनको लक्ष्यसहित न्युजिल्यान्डले जवाफी ब्याटिङ गरिरहदा वर्षाले खेल प्रभावित गरेपछि अन्तिम खेल नतिजाबिहिन बनेको हो ।
वर्षाले खेल रोकिनुअघि न्युजिल्यान्डले ६ ओभर ५ बलमा १ विकेट गुमाएर ३६ रन जोडेको थियो । त्यसपछि वर्षाले खेल भएँन र सिरिज बराबरीतर्फ धकेलिएको हो ।
यसअघि टस जितेको पहिले ब्याटिङ गरेको पाकिस्तानले पुरै ५० ओभर खेल्दै ८ विकेट गुमाएर २८९ रन जोडेको थियो ।
पाकिस्तानका लागि बाबर आजमले ९२ रन जोड्दा फखर जमानले ६५ रन जोडेका थिए ।
सिरिज अन्तर्गत पहिलो खेल न्युजिल्यान्डले ४७ रनले जितेको थियो । दोस्रो खेल भने पाकिस्तानले ६ विकेटले जितेको थियो ।