काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने र सोमपाल कामी पाकिस्तान सुपर लिग (पीएसएल) को ड्राफ्टमा परेका छन् ।
पाकिस्तान सुपर लिगले अक्सनका लागि आइतबार सार्वजनिक गरेको खेलाडी ड्राफ्टमा सन्दीप र सोमपाल अटाएका हुन् ।

युवा लेग स्पिनर सन्दीप विदेशी खेलाडीको कोटा अन्तर्गत गोल्ड समूहको ड्राफ्टमा परेका छन् । तीव्र गतिका बलर तथा अलराउन्डर सोम्पाल्भ्ने सिल्भर समूहमा परेका हुन् ।

आगामी बर्षको फेब्रुवरीमा हुने पीएसएलको ड्राफ्ट आगामी २० नोभेम्बरमा हुनेछ । पीएसएल १७ फेब्रुअरी देखी १७ मार्चसम्म हुनेछ । पीएसएलमा ६ टिमले प्रतिस्पर्धा गर्नेछन् ।