एजेन्सी । घरेलु टोली अष्ट्रेलियाविरुद्धको एकदिवसीय क्रिकेट सिरिज दक्षिण अफ्रिकाले जितेको छ । आइतबार अन्तिम तथा तेस्रो एकदिवसीयमा अष्ट्रेलियालाई ४० रनले हराएर दक्षिण अफ्रिकाले सिरिज आफ्नो बनाएको हो ।
होबर्टमा अन्तिम खेल जितेसंगै दक्षिण अफ्रिकाले तीन खेलको सिरिज २ - १ ले जितेको हो । यसअघि पहिलो खेल दक्षिण अफ्रिकाले जितेको थियो भने दोस्रो खेल अष्ट्रेलियाले जितेको थियो ।
दक्षिण अफ्रिकाले दिएको ३२१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अष्ट्रेलियाले पुरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २८० रन मात्र बनाउन सक्यो ।
अष्ट्रेलियाका लागि शौन मार्शले १०६ रनको शतकीय इनिङस खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै मार्कुस स्टोनिसले ६३ रन जोड्दा एलेक्स कोरीले ४२ रन जोडे । दक्षिण अफ्रीकाका कागीसो राबडा र डेल स्टेनले ३/३ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले पुरै ५० ओभर खेल्दै ५ विकेट गुमाएर ३२० रन जोडेको थियो । दक्षिण अफ्रीकाका लागि कप्तान फाफ डु प्लेसिस र डेभिड मिलरले शतकीय इनिङस खेले ।
प्लेसिसले १२५ तथा मिलरले १३९ रनको योगदान गरे । अष्ट्रेलियाका मार्कुस स्टोनिस र मिचेल स्टार्क्सले समान २/२ विकेट लिए ।
अष्ट्रेलिया भ्रमणमा रहेको दक्षिण अफ्रिकाले अब घरेलु टोलीसंग एक खेलको टी-ट्वान्टी सिरिज खेल्नेछ ।