एजेन्सी । टी ट्वान्टी महिला विश्वकप अन्तर्गत श्रीलंका र इङ्ल्याण्डले अंक बाँडेका छन् । बर्षाले खेल प्रभावित बनेपछि दुवै टोलीले समान एक एक अंक प्राप्त गरेका हुन् । लगातारको बर्षाले एक बल समेत नखेलाई खेल रद्धको घोषणा गरिएको थियो ।
समुह एको आफ्नो पहिलो खेलमा दुवै टोली मैदान उत्रने तयारी गरेका थिए । दुवै टोलीले तालिकामा समान १ अंक जोडेका छन् । समुह एको पहिलो खेलमा वेस्ट इन्डिजले बंगलादेशलाई पराजित गरेको थियो । शीर्ष स्थानको वेस्ट इन्डिजको ३ अंक छ । बंगलादेश शुन्य अंक सहित पुछारमा छ ।