एजेन्सी । प्रिमियर लिग फुटबलमा टोटनहमले क्रिस्टल प्यालेसलाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा टोटनहमले अवे खेलमा क्रिस्टल प्यालेसविरुद्ध १–० को संघर्षपुर्ण जित निकालेको हो ।
डिफेन्डर जुआन फोयथले क्लबका लागि गरेको पहिलो गोलमा टोटनहमले ३ अंक बटुलेको हो । उनले खेलको ६६ औ मिनेटमा विजयी गोल गरेका थिए । २० बर्षका अर्जेन्टिनी खेलाडीले गत हप्ता मात्र उल्भ्सविरुद्धको खेलमा डेब्यु गरेका थिए ।
प्यालेस पछिल्ला सबै ७ प्रतियोगितामा जित निकाल्न असफल भएको छ । हारपछि प्यालेस तालिकाको १६ औ स्थानमा छ । टोटनहम २७ अंक सहित शीर्ष चार भित्र यथावत छ । टोटनहम शीर्ष स्थानको म्यान्चेष्टर सिटी भन्दा मात्र २ अंकले पछाडी छ ।