एजेन्सी । घरेलु टोली वेष्ट इण्डिजले आईसीसी महिला टी-ट्वान्टी विश्वकप क्रिकेटमा विजयी सुरुवात गरेका छन् । शनिबार भएको खेलमा वेष्ट इण्डिजले बंगलादेशलाई ६० रनले हराएको हो ।
ग्युएनामा वेष्ट इण्डिजले दिएको १०७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको बंगलादेश १४ ओभर ४ बलमा मात्र ४६ रन जोड्दा अलआउट भयो । बंगलादेशकी फर्गाना होकले सर्वाधिक ८ रन जोडिन ।
यस्तै आएशा रहमानले ६ रन जोड्दा कप्तान सल्मा खातुन र शामिमा सुल्तानले ५/५ रन जोडिन् । बंगलादेशलाई सस्तैमा समेट्न वेष्ट इण्डिजकी देयान्ड्रा डोटिनले ५ रन खर्चेर ५ विकेट लिईन् ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इण्डिजले पुरै २० ओभर खेल्दै ८ विकेट गुमाएर १०६ रन जोडेको थियो । वेष्ट इण्डिजका लागि अकिरा नाइटले ३२ रन जोडिन । यस्तै स्टाफनिया टेलरले २९ रन बनाईन् ।
जितसंगै समूह 'ए' मा रहेको वेष्ट इण्डिजले २ अंक जोडेको छ ।