एजेन्सी । आईसीसी महिला विश्व टी ट्वान्टी क्रिकेटमा भारत र अष्ट्रेलियाले विजयी सुरुवात गरेका छन् । शुक्रबार राति भएको खेलमा भारतले न्युजिल्याण्डलाई र अष्ट्रेलियाले पाकिस्तानलाई पराजित गरेका हुन् । पहिलो खेलमा १ सय ९५ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्ड १ सय ६० रनमा समेटियो । ओपनर सुजी वेट्सले ६७ र केटी मार्टिनले ३९ रन बनाउनु बाहेक अन्यको प्रर्दशन बिर्सनलायक रह्यो ।
यसअघि, पहिला टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा ५ विकेट गुमाएर १ सय ९४ रन बनाएको थियो । हरमनप्रित कौरको १ सय ३ रनको मदतले भारतले उच्च स्कोर खडा गरेको थियो । अर्को खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई ५२ रनले हरायो । टस जितेर ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ओभरमा ५ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो ।
टोलीका लागि बेथ मोनी र एलिसा हेलीले समान ४६ रनको योगदान लिए । १ सय ६६ रनको लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय १३ रनमात्र बनाउन सकेको थियो ।