एजेन्सी । इंग्लिश प्रिमियर लिग फुटबलमा हडर्सफिल्ड टाउनले सिजनको पहिलो जित दर्ता गरेको छ । सोमबार राति भएको खेलमा फुलहमलाई १ - ० ले पराजित गर्दै हडर्सफिल्ड टाउनले पहिलो जित दर्ता गरेको हो ।
घरेलु मैदानमा हडर्सफिल्डले आत्मघाती गोलबाट जित निकालेको हो । हडर्सफिल्डको जितमा फुलहमका तिमोथी फोसु मेन्साहले खेलको २९ औं मिनेटमा आत्मघाती गोल गरेका थिए ।
जितसंगै हडर्सफिल्डले ११ खेलबाट ६ अंक जोडेको छ । ११ खेलमा १ जित ३ बराबरी र ७ हार व्येहोरेको हडर्सफिल्ड लिगको पुछारबाट तेस्रो स्थानमा छ ।
फुलहम ५ अंक जोडेर लिगको पुछारमा छ ।
लिगको शीर्ष स्थानमा म्यानचेस्टर सिटी, दोस्रोमा चेल्सी र तेस्रोमा लिभरपुल रहेका छन् ।