काठमाडौं। विशाल शाहीको २ गोलसँगै जावलाखेल युथ क्लबले एन्फा यु–१६ लिगमा मंगलबार विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित हात पारेको छ।
सातदोबाटोस्थित एन्फ कम्प्लेक्समा मंगबार सम्पन्न खेलमा ३-२ को रोमाञ्चक जित निकालेको हो। पहिलो जितसँगै जावलाखेलले २ खेलमा ३ अंक जोडेको छ। पराजित आर्मीको पनि समान खेलबाट ३ अंक नै छ।
जावलाखेललाई जित दिलाउन विशालबाहेक प्रिन्स भुजेलले गोल गरे। आर्मीका नीरज अधिकारी र सोहित वाइबाले गोल फर्काए।