एजेन्सी । लण्डन क्लब चेल्सी प्रिमियर लिगमा अपराजित छ । आईतबार राति घरेलु मैदान स्टामफोर्ड ब्रिजमा उत्रदै गर्दा चेल्सीको लक्ष्य अपराजित यात्रालाई निरन्तरता दिनु हुनेछ । लण्डन क्लबले क्रिस्टल प्यालेसलाई घरेलु मैदानमा आतिथ्यता प्रदान गर्दैछ ।
लण्डन क्लब १० खेलबाट २४ अंक सहित तालिकाको तेस्रो स्थानमा छ । घरेलु मैदानमा जित निकाले चेल्सी कम्तिमा लिग तालिकाको दोस्रो स्थानमा उक्लिनेछ ।
चेल्सीको बिशेष चासो स्टार खेलाडी ईडेन हजार्डको चोटमा छ । हजार्ड चोट मुक्त हुँदै केही समय मैदानमा फर्कन सक्ने क्लबको आश छ । लण्डन क्लबका मिडफिल्डर रोस बार्कली समेत आजको खेलमा देखिन सक्छन् ।
चेल्सी प्रशिक्षक माउरिजियो सारीले हजार्ड ९० मिनेट खेल्न नसकेपनि मैदानमा उत्रने सक्ने बताए ।