काठमाडौं । चौथो संस्करणको साफ यू-१५ फुटबल च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा अहिले भारत र बंगलादेश प्रतिस्पर्धा गरिरहेका छन्
।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफ सकिदा भारतले १ - ० को अग्रता बनाएको छ । खेलको १७ औं मिनेटमा पट्रे हर्स हैलेसले गोल गर्दै भारतलाई अग्रता दिलाएका हुन् ।

सेमिफाइनलको दोस्रो खेलमा आजै नेपालले बलियो टोली पाकिस्तानसंग प्रतिस्पर्धा गर्दैछ ।