एजेन्सी । पोर्चुगिज स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो रहेको टिम युभेन्ट्सले इटालियन सिरी ए फुटबलमा आज (शनिबार) जेनोआविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
युभेन्ट्सको मैदानमा हुने घरेलु टोली र जेनोआबीचको खेल नेपाल समय अनुसार ९:४५ मा सुरु हुनेछ । र, जेनोआविरुद्ध मैदान उत्रदा युभेन्ट्स अपराजित यात्रालाई कायम राख्ने योजनामा हुनेछ ।
साबिकको बिजेता समेत रहेको युभेन्ट्सले लिगको आठ खेलमा आठै जित निकालेको छ । युभेन्ट्सले २४ अंक जोडेर शीर्ष स्थानमा ६ अंकको अग्रता कायम राखेको छ ।
यता, जेनोआ ७ खेलबाट १२ अंक जोडेर १२ औं स्थानमा छ । जेनोआले ७ खेलमा मात्र ४ जित निकालेको छ ।
यस्तोमा जेनोआविरुद्ध जित निकाल्न युभेन्ट्सलाई कठिन हुने छैन । यस्तै युभेन्ट्सलाई रोनाल्डो, पाउल डीबाला, मारियो मान्डुज्की, जियानलुइजी बुफोन जस्ता खेलाडीको साथ रहेको छ ।
पछिल्लो समय रोनाल्डोसंगै डीबाला र मान्डुज्की निकै लयमा देखिएका छन् । त्यसैले जेनोआविरुद्ध यी तीन खेलाडी मध्ये एक खेलाडी चम्किए युभेन्ट्सले सहज जित निकाल्नेछ ।
इटालियन सिरी ए अन्तर्गत नै शनिबार रोमा स्पालसंग घरेलु मैदानमा खेल्नेछ । त्यस्तै नेपोलीले उडीनेससंग उसैको मैदानमा खेल्नेछ ।