काठमाडौं। आयोजक राष्ट्र स्विट्जरल्यान्डले सोमबार युरोपेली महिला फुटबल च्याम्पियनसिपमा आइसल्यान्डमाथि २–० को प्रभावशाली जित निकाल्दै प्रतियोगितामा आफ्नो अभियानलाई पुनः जीवित राखेको छ।
यस जितसँगै आइसल्यान्ड प्रतियोगिताबाट बाहिरिएको छ। स्विट्जरल्यान्डले समूह चरणको अन्तिम खेलमा पेनाल्टी सुटआउटको सम्भावनालाई पनि टार्न सफल भयो।
७६औं मिनेटमा जेराल्डिन रोयटेलरले पहिलो गोल गर्दै घरेलु टोलीलाई सुरुआती अग्रता दिलाइन्। इन्जुरी समयमा अलायाह पिलग्रिमले दोस्रो गोल गर्दै नतिजालाई सुनिश्चित बनाइन्।
‘यो निकै विशेष क्षण हो,’ स्विट्जरल्यान्डकी प्रशिक्षक पिया सुन्धागेले भनिन्,‘मैले कल्पना गरेको थिइनँ कि स्विस समर्थकहरूले यति भावनात्मक वातावरण बनाउन सक्छन्।’
पियाले यसअघि अमेरिका टोलीलाई दुई ओलम्पिक स्वर्ण पदक दिलाइसकेकी छन्। यो स्विट्जरल्यान्डको युरोकपमा दोस्रो जित मात्र हो। टोली अहिलेसम्म नकआउट चरण पुग्न सकेको छैन।
अब बिहीबार स्विट्जरल्यान्डले फिनल्यान्डसँग खेल्नेछ। जित वा बराबरीले नै स्विट्जरल्यान्डलाई पहिलोपटक क्वार्टरफाइनलमा पुर्याउन सक्छ। दुवै टोलीको ३–३ अंक छ। नर्वेले फिनल्यान्डलाई २–१ ले हराउँदै समूह ‘ए’को शीर्ष स्थानमा रही नकआउट चरणमा स्थान सुरक्षित गरिसकेको छ।