एजेन्सी । स्पेनिस ला लिगा फुटबल अन्तर्गत आज (शनिबार) चार खेलहरु हुँदैछ । करिब दुई साता लामो विश्रामपछि ला लिगाको खेलहरु सुरु हुन लागेको हो ।
ला लिगा अन्तर्गत शनिबार दुई ठुला क्लब रियल मड्रिड र बार्सिलोनाको खेल रहेको छ । शनिबार हुने पहिलो खेलमा रियल मड्रिडले लेभान्टेविरुद्ध आफ्नै मैदानमा खेल्दैछ ।
रियल र लेभान्टेबीचको खेल नेपाली समय अनुसार ४:४५ मा सुरु हुनेछ । लेभान्टेविरुद्ध रियल सहज जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछ । यता, लेभान्टेको योजना रियललाई उसैको मैदानमा हराउने रहेको छ ।
रियल लिगको आठ खेल सकिदा १४ अंक जोडेर पाँचौ स्थानमा छ । यस्तै लेभान्टे १० अंक जोडेर ११ औं स्थानमा छ ।
यस्तै बार्सिलोनाले घरेलु मैदानमा सेभियासंग खेल्नेछ । बार्सिलोना र सेभियाबीचको खेल नेपाली समय अनुसार राति १२:३० मा हुनेछ ।
सेभियाविरुद्ध मैदान उत्रदा बार्सिलोना जित निकाल्दै शीर्ष स्थानमा उक्लने योजनामा हुनेछ । बार्सिलोना ८ खेलबाट १५ अंक जोडेर तेस्रो स्थानमा छ ।
यता, दोस्रो स्थानको सेभियाको लक्ष्य समेत शीर्ष स्थानमा उक्लनु हुनेछ । सेभियाको १६ अंक छ । लिगमा १७ अंक जोडेर अलाभेस शीर्ष स्थानमा छ ।
ला लिगा अन्तर्गत नै भ्यालेन्सियाले लेगानेससंग ८ बजे प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै राति १०:१५ मा सुरु हुने खेलमा एट्लेटिको मड्रिडले भिया रियलसंग उसैको मैदानमा खेल्नेछ ।