एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडका स्ट्राइकर करीम बेन्जिमाले पुर्व एजेण्टले लगाएको अपहरण प्रयासको आरोप अस्वीकार गरेका छन् ।
पुर्व एजेण्ट लियो डी सुजाले गत ८ अक्टोबरमा बेन्जिमाले आफ्नो अपहरणको प्रयास गरेको आरोप लगाएका थिए । तर,बेन्जिमाले उक्त आरोपको खण्डन गरेका छन् ।
बेन्जिमामा सामाजिक संजाल ट्वीटरबाट आफुलाई लागेको आरोप अस्वीकार गरेका हुन् ।
बेन्जिमाले ट्वीटरमा लेखेका छन्, 'बेन्जिमाको नातेदारले सुजाको कुममा हात राख्यो । त्यो अपहरणको प्रयास थियो । सुजा पिटिएका छन् तर उनीसंग त्यस दिन कुनै काम थिएन् । सुजा भन्छन् कि बेन्जिमा भ्यान भित्र थिए । के विश्व गम्भीर छ ।'
३३ बर्षिय सुजाले बेन्जिमाको योजनामा उनका परिवारका सदस्यसहितको एक टोलीले अक्टोबर ७ मा पेरिसमा आफुलाई अपहरणको प्रयास गरेको बताएका थिए । पेरिसमा पेरिस सेन्ट जर्मेन (पिएसजी) र लियोनबीचको खेल सकिएपछि आफुलाई अपहरणको प्रयास भएको सुजाले बताएका थिए ।
तर, अपहरणको आरोपपछि बेन्जिमाले आरोप अस्वीकार गर्दै आफुलाई निकै तनाव भएको र केहि समय विश्रामको आवश्यक रहेको बताएका छन् ।
'यो रोक्नुस, यो धेरै भयो । मलाई विश्राम दिनुहोस् ।' बेन्जिमाले ट्वीट गरेका छन् ।