एजेन्सी । निरन्तरको खराब नजिताले म्यान्चेष्टर युनाईटेडका प्रशिक्षक जोसे माउरिन्हो दबाबमा छन् । ओल्डट्राफोर्डमा बर्खास्तीको चर्चा चलिरहदाँ उनले गत हप्तामात्र न्युक्यासलविरुद्व सनसनीपुर्ण जित निकाले ।
त्यो जितले माउरिन्होलाई तत्काल ठुलो राहत दिएपनि उनीमाथि राम्रो नतिजाको चर्को दबाब परिरहेको छ । कारण, पछिल्ला तीन दशककै खराब सुरुवात गरेको म्यान यु यतिबेला प्रिमियर लिगको आठौ स्थानमा छ ।
माउरिन्हो यतिबेला लण्डन भ्रमणमा निस्कदैछन् । जहाँ स्टामफोर्डमा चेल्सीले उनलाई आतिथ्यता प्रदान गर्ने तयारी गरेको छ । स्टामफोर्ड त्यही क्लब हो, जहाँ माउरिन्होले प्रिमियर लिगमा धेरै सुखद समय बिताए । आफुलाई प्रमाणित गरे । स्पेशल वानलाई आफै फैलाउन मदत गरे । तर अब स्टामफोर्ड ब्रिज उनले छाडेको अवस्थामा छैन । निकै बलियो बनेको छ । उनले सोचेको भन्दापनि बलियो ।
अर्थात लण्डन क्लबको लगाम यतिबेला प्रशिक्षक माउरिजियो सर्रीको हातमा छ । कुनै समय उनी बैङ्कर थिए, अहिले प्रशिक्षक छन् । सायद जितको हिसाव किताव उनले जति अरु कसले जानेको हुन्छन् र ?
नजिताबाट म खुसी छु । तर हामीले अझ आफ्नो स्तर बढाउनपर्छ । त्यो हामी गर्नेछौ । चेल्सी प्रशिक्षक सर्री भन्छन् । हामीले आफ्नो प्रर्दशनलाई रक्षात्मक अवस्थामा सुधार गर्न आवश्यक छ । यो अवस्थामा हामीले विपक्षीलाई निकै अवसरहरु दिईरहेका छौ । उनले थपे ।
प्रशिक्षक माउरिन्हो समेत चेल्सीविरुद्व मैदान उत्रदै गर्दा निकै उत्साहित देखिन्छन् ।
'म सधै आफुलाई समाल्न कोशिश गर्छु । यो स्टेडियम र प्रशंसकको सधै सम्मान गर्छु । उनीहरु धेरै बर्ष मेरो समर्थक रहेर बसे ।' उनले थपे, 'यो खेल हो । म क्लब, खेलाडी र टिमकालागि राम्रो गर्न चाहन्छु । सतप्रतिशत नजिता निकाल्न चाहन्छु ।'
चेल्सी डिफेन्डर एन्टोनियो रुडिजर चोट मुक्त हुँदै मैदान फर्कन सक्छन् । म्यान युका एन्डर हेरेरा समेत तीन म्याचको बिश्रामपछि खेलमा देखिन सक्छन् । खेल नेपाली समय अनुसार सवाँ ५ बजे सुरु हुनेछ ।
आजै हुने अन्य खेलमा बर्नेमाउथले साउथह्याम्टनसंग, कार्डिफले फुलहमसंग, म्यान्चेष्टर सिटीले वर्नलीसंग र न्युक्यासलले ब्राइटनसंग खेल्नेछ । अन्य खेलमा वेष्टह्यामले टोटेनहमसंग, उल्भ्सले वार्टफोर्डसंग र हुडर्सफिल्डले लिभरपुलसंग प्रतिस्पर्धा गर्नेछ ।