एजेन्सी । लण्डन क्लब चेल्सीका प्रशिक्षक माउरिजियो सर्रीले म्यान्चेष्टर युनाईटेडका प्रशिक्षक जोसे माउरिन्हो आफु भन्दा राम्रो प्रशिक्षक रहेको बताएका छन् । उनले माउरिन्हो अहिलेपनि स्पेशल वान रहेको बताए ।
करियरका मुख्य मुख्य उपाधि जितेका माउरिन्हो अरु भन्दा राम्रो प्रशिक्षक भएको प्रशिक्षक सर्रीको भनाई छ ।
नापोलीका पुर्व प्रशिक्षक समेत रहेका सर्रीले तल्लो स्तरको लिगबाट आफ्नो करियर सुरु गरेका थिए । उनले आफ्नो प्रशिक्षण करियरमा अझै मुख्य उपाधि जित्न सकेका छैनन् । उनले नयाँ क्लबमा सफलता हासिल गर्ने लक्ष्य बनाएका छन् ।
'माउरिन्हाले जितेका २० मुख्य उपाधिले उनी स्पेशल वान हुन भनेर प्रमाणित गरिसकेको छ ।' सरीले भने, 'नतिजाले सबै कुरा हुन्छ । यस अवस्थामा उनी म भन्दा उत्कृष्ट छन् । भविष्यमा मैले आफुलाई बढोत्तरी गर्ने आश गरेको छु । तर अहिलेको अवस्थामा माउरिन्होनै म भन्दा उत्कृष्ट छन् । उनीले सबै तिर सबै चिज जितेका छन् । तर त्यसैले मैले जित्न आवश्यक छ । यदी मैले उनीसंग तुलना गर्ने हो भने ।'
'माउरिन्होको सफलता विगतमा मात्र होईन । मलाई लाग्छ उनी भविष्यमा समेत उनले जित्न सक्छन् । उनी वास्तवमै उत्कृष्ट मध्यका एक हुन् । मलाई लाग्छ, उनी अझै जित्नकालागि सक्षम छन् ।'
चेल्सीका प्रशिक्षक सर्री फुटबल प्रशिक्षणमा निकै ढिलो आएका थिए । उनी बैंकिकमा करियर बनाईरहेका थिए । उनले ईटालीको सानो लिगबाट फुटबल प्रशिक्षण करियर सुरु गरेका थिए ।
प्रिमियर लिगमा चेल्सी दोस्रो स्थानमा छ । लण्डन क्लब शीर्ष स्थानको म्यान्चेष्टर सिटी भन्दा गोल अन्तरले मात्र पछाडी छ ।