एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा डिपोर्टिभो अलाभेसले जित निकालेको छ । शुक्रबार राति भएको खेलमा अलाभेसले सेल्टा भिगोलाई १ - ० ले हराएको हो ।
अलाभेसले सेल्टालाई उसैको मैदानमा हराएको हो । अलाभेसलाई जित दिलाउन टोमस पिनाले निर्णायक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा पिनाले गोल गरेका थिए । खेलको ५८ औं मिनेटमा पिनाले निर्णायक गोल गर्दै अलाभेसलाई ३ अंक दिलाएका थिए ।
जितसंगै अलाभेस लिगको शीर्ष स्थानमा उक्लिएको छ । अलाभेसले ९ खेलबाट १७ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको सेभियाको १६ र तेस्रो स्थानको बार्सिलोनाको १५ अंक छ । सेभिया र बार्सिलोनाले एक खेल कम खेलेको छ ।
पराजित सेल्टाको १० अंक जोडेर दशौ स्थानमा छ ।