काठमाडौं । इन्ग्लिश प्रिमियर लिग क्लब आर्सनलले नेपाली समर्थकहरुलाई बडादशैंको शुभकामना दिएको छ ।
आर्सनलले शुक्रबार सामाजिक संजाल फेसबुकबाट दशैंको शुभकामना दिएको हो ।
नेपाली तथा हिन्दुहरुको महान चाड दशैँको टिका लगाउनु केहि घण्टाअघि आर्सनलले नेपाली समर्थकहरुलाई शुभकामना दिएको हो ।
फेसबुकमा आर्सनलले लेखेको छ, 'सम्पूर्ण नेपालीमा बिजया दशमी २०७५ को हार्दिक शुभकामना ।'
आर्सनल यो सिजन लिगको ८ खेलबाट १८ अंक जोडेर लिगको चौथो स्थानमा छ ।
यस्तै इटालियन क्लब रोमाले पनि नेपालीहरुलाई दशैँको शुभकामना दिएको छ ।
यसअघि जर्मन बुन्डेस लिगा च्याम्पियन वायर्न म्युनिख क्लबले नेपाली समर्थकहरुलाई दशैंको शुभकामना दिएका थिए ।
