एजेन्सी । इन्ग्लिश क्लब म्यानचेस्टर युनाइटेडका डिफेन्डर लुक श युनाइटेड मै रहने भएका छन् । लेफ्ट ब्याक श युनाइटेडमै रहने गरी क्लबसंग सम्झौतामा नवीकरण गरेका छन् ।
इन्ग्लिश डिफेन्डर शले युनाइटेडसंग थप पाँच बर्ष क्लबमै रहने गरी नयाँ सम्झौता गरेका हुन् । शले हरेक साता १५० मिलियन पाउण्ड पाउने गरी क्लबसंग सम्झौता गरेको बताईएको छ ।
२३ बर्षीय शको युनाइटेडसंगको सम्झौता यसै सिजन सकिदै थियो । तर, अनुबन्ध समय बाँकी रहदै शले युनाइटेडसंग लामो समयसम्म क्लबमै रहने गरी नयाँ सम्झौता गरेका हुन् ।
डिफेन्डर श सन् २०१४ मा साउथह्याम्पटनबाट युनाइटेड आएका थिए ।