• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
फुटबलमा निरन्तर
नमीन ढकाल
बुधबार, असोज ३१, २०७५ नमीन ढकाल
फुटबलमा निरन्तर

हरेक खेलाडीको सपना हुन्छ, खेल क्षेत्रमा लागेर देशका लागि खेल्ने । देशको झण्डा अङ्कित जर्सी छातीमा टाँसेर देशको शान उँचो बनाउने ।
तर, खेल्छु भनेर मात्र नहुने रैछ ।

खेल्नका लागि ब्यवस्थापन र वातावरण चाहिदो रहेछ । वातावरण बनाउन कहिले काहिँ खेललाई बिर्सनु पर्ने रहेछ । यस्तै भयो एन्फा प्रवक्ता किरण राईको जीवनमा ।

सानै उमेरबाट देशका लागि खेल्ने उत्कृष्ट खेलाडी बन्छु भनेर सपना पालेका किरणलाई उत्कृष्ट खेल पस्कन भन्दा पनि खेल्नका लागि उत्कृष्ट वातावरण बनाउने बाध्यता आईलाग्यो । कुनै समय नगरदेखि जिल्लासम्म उत्कृष्ट खेलाडीमा उनले पहिचान बनाएका थिए ।

उदयपुर जिल्लाको त्रियुगा नगरपालिका गाईघाटमा जन्मिएका किरण सानै उमेरबाट खेलकुदका पारखी हुन् । स्कुलस्तरमा उनी कराँते खेलाडी थिए । कराँते खेल उनको दैनिकी बन्न सकेन । सुरुको बर्ष कराँते खेलेका उनी दोस्रो बर्षबाट फुटबल खेल्न थाले । फुटबल करियरलाई अगाडी बढाउने योजना बनाए ।

विस्तारै फुटबल उनको नशा बन्यो । स्कुल, कलेज, क्षेत्र, जिल्ला हुँदै उनी राष्ट्रिय स्तरको खेलाडीसम्म पुगेका थिए । त्यस समय किरण स्ट्राईकरको भुमिकामा खेल्थे । उनका सहकर्मी उपेन्द्रमान सिंह र बालगोपाल महर्जनले पछि गएर राष्ट्रिय फुटबल टिमबाट ठुलै नाम कमाए । उनै उपेन्द्र अहिले एन्फामा उपाध्यक्ष छन्, महर्जन राष्ट्रिय टिमको मुख्य प्रशिक्षक ।

फुटबल खेल्दै थिए, त्यो समय जिल्लामा फुटबल संघ थिएन । जिल्लामा फुटबल गतिविधि अघि बढाउन फुटबल संघ आवश्यकता पर्यो । बिस २०५४ सालमा जिल्ला फुटबल संघको स्थापना गर्न उनले नेतृत्वदायी भुमिका खले । सपना राष्ट्रिय खेलाडी बन्ने थियो, बाध्यता जिल्ला फुटबल संघको अध्यक्ष बन्नुपर्ने आईलाग्यो । र, उनी अध्यक्षमा निर्वाचित भए ।

अध्यक्षनै भएपनि केही समय उनी खेलमै रमाए तर गरिमामय पदमा बसेर खेल्न र खेलाउन नमिल्ने अवस्था बन्यो । त्यो वातावरणले समेत दिएन । त्यसपछि जिल्ला संघमा रहेर फुटबलका गतिविधि अघि बढाए । किरणले त्यहाँ १२ बर्ष नेतृत्वमा रहेर काम गरे । एक बर्ष एन्फाको केन्द्रिय कार्यसमितिमा रहेर काम गरे । त्यसपछि चार बर्ष सहायक महासचिव रहेर काम गरे । करिब ८ बर्ष केन्द्रमा रहेर फुटबल गतिविधिमा सक्रिय रहेका किरण अहिले एन्फा प्रवक्ताको जिम्मेवारीमा छन् ।

सपना फुटबल खेल्ने थियो । समयले उनलाई व्यबस्थापकीय जिम्मेवारी दियो । जिल्ला फुटबल संघको अध्यक्ष नहुँदा फुटबल संघनै स्थापना नहुने अवस्था आयो । अनि उनले फुटबल खेलाडी भन्दा व्यवस्थापकीय भुमिका निर्वाह गर्न थाले ।

त्यो समय एन्फाको केन्द्रिय राजनीतिमा गणेश थापा र गीता राणाबीचको विवाद उत्कर्षमा थियो । जिल्ला संघले दुई कित्तामा बाँडिएका थिए । तत्कालिन सरकार, राखेपले थापाको कमिटिलाई हस्तक्षप गरेर राणालाई नेतृत्वमा ल्याएको थियो । त्यो समय किरण प्रजातान्त्रिक कांग्रेस तरुण दलको नगर अध्यक्ष थिए । पछि जिल्ला अध्यक्ष भए ।

गणेश थापा छुट्टै पार्टीका थिए, किरण कांग्रेसमा क्रियाशिल थिए । जो फुटबल संघ सम्बन्धित छ, जसले फुटबलमा काम गर्छ, त्यसले फुटबल चलाउनुपर्छ भन्ने किरणको मत थियो । उनले पार्टीको नियम उल्लंघन गरेर गणेश थापालाई समर्थन जनाउने निर्णय गरे ।

त्यसको असर पार्टीमा पर्यो, उनलाई पार्टीमा बसेर काम गर्ने वाताबरण मिलेन । उनले पार्टी परित्याग गरे ।

करिब दुई दशकको यात्रामा फुटबललाई उनले केही दिए, उनलाई पनि फुटबलले केही दियो । फुटबल खेलेर केही गुमाउन परेन, बरु केही दिन सके । आफु भित्रको क्षमता देखाए । कुलतमा लागेनन्, अनुशासित बनेर हिडे ।

‘मेरो शरिर हेर्नुस्, यहि हो मैले पाएको ।’ हँसिला मिजासका किरण भन्छन्, ‘ज्यान फिट छ । सामाजिक कार्यमा आफुलाई चिनाउन सफल रहे । फुटबलबाट समाजमा नाम र परिचय पाए ।’

‘फुटलबलाई मैले जति समय दिए । जति काम गर्न सके । फुटबलले मलाई जुन परिचय दियो, यसमा मलाई गर्व छ ।’ उनी थप्छन् ।

युवराज लामा राखेपका सदस्य सचिव थिए । नेकपा माओवादीको कोटामा किरण चार वर्षको लागि पूर्वान्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष बने ।

सदस्य सचिवले सहयोग गरे, किरणले राम्रो काम गर्ने मौका पाए । पूर्वान्चलको धेरै खेलकुद पूर्वाधार विकास गर्न किरण सफल भए । 

त्यहिं समय धरान र इटहरीमा रंगशाला बनाउने काम अघि बढ्यो । उदयपुरको गाईघाटको थरुहट उदयपुर रंगशाला उनकै पहलमा बन्यो । किरणकै पालाबाट पुर्वान्चलको १६ वटै जिल्लाको पूर्वाधार निर्माणले तीव्रता पाएको थियो । 

उनको एउटा मान्यता छ, ‘फुटबलमा सधै एउटै पदमा बसिराख्नु पर्छ भत्रे छैन । थोरै समय बसेर पनि धेरै काम कार्य गर्न सकिन्छ । पदमा बस्नु मात्रै ठुला कुरा हैन ।’

‘फुटबलसंग सम्बन्धित व्यक्तिले ठिक मानेसम्म यही रहन्छु । जुन दिन छोड्नपर्ने दिन आउछ, त्यो दिन सजिलै छोड्न तयार छु,’ उनी थप्छन्, ‘फुटबलमा धेरै पद छ, तर काम गर्न सक्नुपर्छ । नेपाली फुटबलका लागि त्याग गर्न म सधै तयार छु । तर नेपाली फुटबलबाट टाढा जान सक्दिन ।’

कसरी कर्मा छिरिङसँग सहकार्य भयो ?

ब्यक्तिगत रुपमा उनको कोहीसंग तिक्तता छैन, उनी फरक मत सैद्धान्तिक र नीतिगत हुन्छन् । जो राम्रो काम गर्न खोज्छ, उनी त्यसैको पक्षमा हुन्छन् ।

६०–६६ को कुरा हो । गणेश थापा अध्यक्ष पदमा हुँदा कर्मा छिरिङ उपाध्यक्ष र किरण राई सदस्य थिए । किरण उपाध्यक्ष शेर्पासंग सहकार्य गर्दै आईरहेका थिए । त्यो समयबाट अध्यक्ष थापाविरुद्ध एन्फाभित्र विद्रोह सुरु भयो ।

कर्मामा जायज मागमा किरणले साथ दिए । तर त्यस समयमा समेत किरणले दुवै पक्षलाई राखेर समस्याको समाधान गर्न कोशिश नगरेका होईनन् । तर उनको जोर चलेन ।

निकास खोज्न प्रयत्न गरे, खेर गयो । विस्तारै विश्व फुटबल महासंघ फिफाले गणेश थापालाई कारबाही गर्यो । लगत्तै एन्फाको निर्वाचन हुने तय भयो । चुनावमा एक छान्ने अवस्था बन्यो । फुटबल विकासमा जसले काम गर्छ, त्यसलाई साथ दिने निर्णय रहे । त्यसपछि परिवर्तनको पक्षमा रहेर काम अघि बढाए ।

किरणको दाबी छ, कुनै व्यक्तिगत स्वार्थ बोकेर उनी कसैसंग नजिक र टाढा भएका होईनन् । ‘सामुहिक एजेण्डामा सहमती भएर एकता भएको हो,’ उनी भन्छन्, ‘म आफै गलत भए भने एन्फामा मेरो स्थान रहँदैन । अध्यक्ष शेर्पा अथवा कुनै पदाधिकारी गलत स्थानमा गएको खण्डमा सहयोग भन्ने हुदैन ।’

फुटबलसंगै पार्टीगत राजनीतिमा उनी सक्रिय छन् । गएको स्थानीय चुनावमा उनी त्रियुगा नगरपालिकामा मेयरका नेकपा माओवादीबाट उम्मेदवार थिए, पराजित भए । पार्टी एकतापछि जिल्ला कमिटिमा उनको नाम सिफारिस भएको छ ।

विद्यार्थी राजनीतिसंगै उनी पार्टी राजनीतिमा आए । संगै फुटबलको कर्मलाई अघि बढाए । उनको एउटा मान्यता छ, फुटबलमा राजनीति गर्नुहुदैन । मैदानमा आफुलाई प्रमाणित भएको ब्यक्ति टोलीमा पर्नुपर्छ । जसले राम्रो काम गर्छ, त्यसले कमिटिमा बसेर काम गर्नुपर्छ । जुन राजनीतिक आस्थामा आबद्ध भएपनि फुटबललाई बिशुद्द फरक राख्नपर्छ । करिब ५ महिना एन्फाको बागडोर समालेर बसेर किरणले नेपाली फुटबलको विकासलाई कसरी हेरेका छन् त ?

‘नेपाली फुटबल शुन्यबाट सुरु भएको छ ।’ उनी भन्छन्, ‘हाम्रो लक्ष्य साफ कसरी जित्ने भन्ने हो । दक्षिण एसियाली राष्ट्रमा कसरी बलियो बन्ने भन्ने हो ।’

फुटबललाई व्यवसायीकरण गर्ने दिशातर्फ एन्फाले सोचिरहेको किरणको दाबी छ ।

‘काम अघि बढेको छ । नेपालमा फुटबलमा पुर्वाधार एकदमै कम छ । त्यसैले अहिले एन्फाबाट फिफा, एएफसी र नेपाल सरकारसंग तिव्र रुपमा कुरा अघि बढिरहेको छ ।’ उनी भन्छन्, ‘हामी हाम्रो कार्यकालमा ऐतिहासिक फड्को मार्ने प्रतिबद्धता साथ अघि बढेका छौ ।’

 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
देवीगञ्ज फाइनलमा
देवीगञ्ज फाइनलमा
चेल्सीको ऐतिहासिक कीर्तिमान
चेल्सीको ऐतिहासिक कीर्तिमान
सिटीको च्याम्पियन्स लिग छनोट फेरि अनिश्चित
सिटीको च्याम्पियन्स लिग छनोट फेरि अनिश्चित
किरण ल्यम्पिया स्कुलको  ब्रान्ड एम्बेसडर
किरण ल्यम्पिया स्कुलको ब्रान्ड एम्बेसडर
२०३१ को महिला विश्वकपमा ४८ राष्ट्र
२०३१ को महिला विश्वकपमा ४८ राष्ट्र
भारतको सेमिफाइनलको सम्भावना मजबुत
भारतको सेमिफाइनलको सम्भावना मजबुत
umbro nepal
  • ताजा समाचार
  • खेल आज
भुल्केले जित्यो उपाधि
भुल्केले जित्यो उपाधि
देवीगञ्ज फाइनलमा
देवीगञ्ज फाइनलमा
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
चेल्सीको ऐतिहासिक कीर्तिमान
चेल्सीको ऐतिहासिक कीर्तिमान
सिटीको च्याम्पियन्स लिग छनोट फेरि अनिश्चित
सिटीको च्याम्पियन्स लिग छनोट फेरि अनिश्चित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP