एजेन्सी । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिलले अर्जेन्टिनालाई पराजित गरेको छ । मंगलबार राति भएको खेलमा ब्राजिलले अर्जेन्टिनालाई १ - ० ले पराजित गरेको हो ।
साउदी अरेबियामा भएको खेलमा ब्राजिलका लागि मिरन्डाले निर्णायक गोल गरे । खेलको इन्जुरी समयमा मिरन्डाले गोल गरेका थिए । इन्जुरी समयको तेस्रो मिनेटमा मिरन्डाले गोल गर्दा अर्जेन्टिना ब्राजिलसंग १ - ० ले स्तब्ध बनेको हो ।

त्यसअघि दुवै टोलीले पाएको मौकामा गोल गर्न सकेनन् । अर्जेन्टिना नियमित कप्तान लियोनल मेस्सीबिना मैदान उत्रिएका थिए । रुस विश्वकप पछि मेस्सीले अर्जेन्टिनाबाट खेलेका छैनन् । यता, ब्राजिलले आफ्नो पहिलो रोजाईकै खेलाडी मैदान उतारेको थियो ।
यो जितसंगै ब्राजिलले साउदी अरेबियाले आयोजना गरेको 'सुपरक्लासिको' ट्रफी समेत उचालेको छ । युरोपियन क्लब नेसन्स कपमा व्यस्त हुँदा साउदीले ब्राजिल, अर्जेन्टिना, साउदी र इराक सम्मलित सुपरक्लासिको प्रतियोगिता आयोजना गरेको हो ।


