काठमाडौं । गभर्नस गोल्डकप फुटबलमा नेपालको सिग्नेचर मनाङ मस्र्याङ्दी क्लबले सिधै क्वार्टरफाईनल खेल्ने भएको छ । प्रतियोगिताको सार्वजनीक 'ड्र' अनुसार नेपालको ए डिभिजन क्लब मनाङले सिधै अन्तिम ८ मा प्रतिस्पर्धा गर्ने तय भएको हो ।
मनाङले पहिलो खेलमा अक्टोबर ३० मा खेल्नेछ । मनाङले प्रि क्वार्टरफाईनलमा भिड्ने कलकत्ता कस्टम्स् र रेन्बो फुटबल क्लबबीचको विजेतासंग खेल्नेछ । त्यस्तै, नेपालको अर्को टिम एपीएफले अक्टोबर २४ मा इन्डियाको जर्ज टेलिग्राफसंग पहिलो प्रि क्वार्टरफाईनलको खेल खेल्नेछ ।
१२ टोली सहभागि प्रतियोगिता अक्टोबर २३ बाट नोभेम्बर ३ सम्म सिक्किममा आयोजना हुदैछ । अखिल नेपाल फुटबल संघ एन्फाले प्रतियोगिता खेल्न नेपालबाट मनाङ र एपीएफ क्लबलाई पठाउने निर्णय गरेको थियो ।
सिक्किम फुटबल संघले आयोजना गर्ने प्रतियोगिता करिब ३ दशक अगाडीदेखि सञ्चालन हुदै आएको छ । नेपालको न्युरोड टिम एनआरटी र थ्रीस्टारले प्रतियोगिताको उपाधि जितिसकेका छन् ।