एजेन्सी । वेल्सका फरवार्ड ग्यारेथ बेलले युएईएफए नेसन्स कप अन्तर्गत रिपब्लिक अफ आयरल्याण्डविरुद्धको खेल नखेल्ने भएका छन् ।
रायन गिग्सको टिम वेल्सले डुब्लीनमा मंगलबार आयरल्याण्डसंग खेल्दैछ । तर, उक्त खेलमा बेल हुने छैनन् ।
आयरल्याण्डविरुद्ध बेलले नखेल्ने फुटबल एसोसिएसन अफ वेल्सले पुस्टि गरेको छ । एसोसिएसनले बेल क्लब रियल मड्रिड फर्किसकेको जनाएको छ ।
'उनी डुब्लीन ट्राभल गर्ने छैनन्,' फुटबल एसोसिएसन अफ वेल्सले भनेको छ । तर, एसोसिएसनले बेल किन टोलीमा नरहेको त्यसबारे केहि उल्लेख गरेको छैन ।
बेल गत शुक्रबार भएको स्पेनसंग मैत्रीपूर्ण खेलमा पनि टोलीमा थिएनन् । उक्त खेलमा वेल्स ४ - १ ले पराजित भएको थियो ।