काठमाडौं । पहिलो संस्करणको पथरी शनिश्चरे खुला नकआउट प्रतियोगिताको उपाधिकालागि सोमबार (आज) लेटाङ फुटबल क्लब र पथरी स्र्पोटिङ क्लबीच प्रतिस्पर्धा हुदैछ ।
सुनाखरी खेल मैदानमा हुने फाईनल दिउँसो ३ बजे सुरु हुनेछ ।
विराटचोक फुटबल क्लबलाई पराजित गर्दै पथरीले लेटाङ फुटबल क्लबसंग उपाधि भिडन्त पक्का गरेको हो । शनिबार भएको खेलमा पथरीले विराटचोकलाई ३–० गोल अन्तरले पराजित गरेका थियो ।
शुक्रबार भएको खेलमा पेनाल्टी सुटआउटमा बेलबारी फुटबल क्लबलाई पराजित गर्दै लेटाङ फुटबल क्लब फाईनल प्रवेश गरेको थियो ।
प्रतियोगिताको विजेताले ५१ हजार र उपविजेताले ३१ हजार रुपैयाँ प्राप्त गर्ने आयोजक समितिका सदस्य सुमन बिकेले बताए ।