काठमाडौं । पल्सर सहिद स्मारक ए डिभिजिन लिग करिब एक महिना स्थगित हुने भएको छ । बडा दशै, तिहार र छठलाई लक्षित गर्दैै अखिल नेपाल फुटबल संघ एन्फाले करिब एक महिना शीर्ष डिभिजनको लिगलाई स्थगित गर्ने निर्णय गरेको हो ।
असोज १३ बाट सुरु गरिएको लिग बंगबन्धु गोल्डकपका कारण प्रभावित बनेको थियो । पहिलो चरणको दुई खेल खेलाएर स्थगित गरिएको लिगका बाँकी खेललाई बंगबन्धु गोल्डकप लगत्तै खेलाईएको थियो ।
लिगमा पहिलो चरणका खेलहरु सकिएका छन् । ठुला चार्डहरुमा खेलहरु बन्द गर्ने विश्वव्यापी प्रचलन अनुसार दशै र तिहारमा लिगका खेलहरु नहुने ए डिभिजन लिगका निर्देशक सञ्जिव मिश्रले खेलपाटीलाई बताए ।
तिहार लगत्तै लिगका बाँकी खेलहरु सञ्चालन गरिने उनको भनाई छ ।
लिगको पहिलो चरणको खेल सकिदाँ मनाङ मस्र्याङ्दी क्लब, संकटा क्लब, थ्रीस्टार क्लब र नेपाल पुलिस क्लबले समान ३ अंक जोडेका छन् ।