एजेन्सी । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा ब्राजिलले साउदी अरेबियालाई पराजित गरेको छ ।
शुक्रबार राति भएको खेलमा ब्राजिलले १० खेलाडीमा सिमित साउदीलाई २ - ० ले हराएको हो ।
ब्राजिलको जितमा ग्याब्रियल जिसस र एलेक्स सान्ड्रो लोबो सिल्भाले एक एक गोल गरे ।
घरेलु टोलीविरुद्ध ब्राजिलले खेलको ४३ औं मिनेटमा जिससको गोलबाट सुरुवाती अग्रता बनाएको थियो ।
खेलको ८५ औं मिनेटमा मोहमद अल ओविसले रातो कार्ड पाउदा अन्तिम पाँच मिनेट साउदी १० खेलाडीमा समेटिएको थियो ।
त्यसपछि खेलको इन्जुरी समयमा सिल्भाले गोल गर्दै ब्राजिललाई २ - ० को जित दिलाए ।
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत नै दक्षिण कोरियाले उरुग्वेलाई २ - १ ले हराएको छ । जापानले पानामामाथि ३ - ० को जित निकाल्दा मेक्सिकोले कोस्टारिकालाई ३ - २ ले हराएको छ ।