काठमाडौं । बंगलादेशमा भएको बंगबन्धु गोल्डकप फुटबलको उपाधि प्यालेस्टाईनले जितेको छ । पेनाल्टी सुटआउटमा ताजकिस्तानलाई पराजित गर्दै प्यालेस्टाईनले ५० औ संस्करणको उपाधि उचालेको हो ।
प्रतियोगिताको एक मात्र अपराजित टोली रहँदै प्यालेस्टाईन च्याम्पियन बनेको हो ।
ढाकाको बंगबन्धु नेश्नल स्टेडियममा भएको निर्धारित र अतिरिक्त समयको खेल बराबरीमा सकिएपछि निर्णय टाईब्रेकरबाट गरिएको थियो । जसमा प्यालेस्टाईनले ताजकिस्तानलाई ४–३ ले हरायो ।
प्रतियोगिताको नेपाल साविक विजेता हो ।
यसपटक समेत प्रतियोगितामा सहभागि भएको नेपाल समुह चरणबाटै बाहिरिएको थियो । नेपाल रहेको समुह एमा प्यालेस्टाईन र ताजकिस्तान परेका थिए ।
नेपाल समुह चरणमा ताजकिस्तानसंग २–० र प्यालेस्टाईनसंग १–० ले पराजित भएको थियो । समुह चरणमा समेत प्यालेस्टाईनले ताजकिस्तानलाई हराएको थियो ।